Techie IT
१३ असोज २०७९, बिहीबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


भक्तपुर । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका-२ मगर गाउँ बस्ने ४० वर्षीय राजु नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्