भरुवा बन्दुक बरामद

काठमाडौं,साउन २५
साँफेबगर नगरपालिका-८ चिउरीनालो गाउँको माथिल्लो जंगलबाट १ नाल भरुवा बन्दुक शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बयालपाटाबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा वेवारिसे अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्