Techie IT
बिहीबार, कात्तिक ६,२०७७

गौरीशंकरका स्थानीय वर्षेनी बाढीपहिरोको शिकार


दोलखा, साउन २५
दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकाभित्रका स्थानीय वर्षेनी बाढीपहिरोको शिकार बन्ने गरेका छन् । गत वर्ष बाढीपहिरोका कारण ठूलो जनधनको क्षति व्यहोरेका गौरीशंकर गाउँपालिकाले यो वर्ष पनि लगातारको वर्षासँगै आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ परिवार विस्थापित बनेका छन् ।

गत बिहीबार रातिको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण दोलखाको गौरीशंकर गाउँपालिकामा एक जनाको ज्यान गएको छ भने दर्जनौँ घरहरूमा क्षति पुगेको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खारे टुनिटारमा माथिबाट खसेको पहिरोले लागेर ३० वर्षका सुरेश शिवाकोटीको मृत्यु भएको हो ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ घर भएका शिवाकोटी ग्रीलको काम गर्न खारे पुगेका थिए । पहिरोले लागेर अर्का मजदुर लोकश चौधरी घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै बाढीले गौरीशंकर गाउँपालिका वडा नम्बर ६ का तीन दर्जन घरपरिवार विस्थापित भएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयमबहादुर खड्काले जानकारी दिए ।

बाढी तथा पहिरोकै कारण गुरुम्फिका दुई दर्जन घरहरूमा क्षति क्षति पुगेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तमाङले जानकारी दिए । तामाकोशीमा पानीको बहाब अत्यधिक भएपछि विगु र गौरीशंकर गाउँपालिका जोड्ने भोर्लेको बेलिब्रिजमा क्षति पुगेकोले आवतजावतमा समस्या भएको अध्यक्ष खड्काको भनाइ छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्