Techie IT
१९ असोज २०७९, बुधबार

प्यूठानमा जिप दुर्घटना : ३ जनाको मृत्यु, १५ जना घाइते


प्यूठान । प्युठानको बाग्दुलाबाट डामृ तर्फ सवार हुदै गरेको लु १ ज १५४५ नंवरको जीप दुर्घटना हुँदा जिपमा सवार ३ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा प्यूठान जिल्ला नौबहिनी ५ डामृका रेमसरा बुढा मगरकि २५ दिने शिशु चेतना बुढा, उनकी दिदी ७ वर्षीया करुणा बुढा मगर र सोही ठाउँका जीप चालक २५ वर्षीय लुकेश थापा रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ ।

दुर्घटनामा घाइते भएका १५ जना मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । अहिले सबै घाईतेहरुको जिल्ला अस्पताल प्यूठानमा उपचार भैरहेको प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्