Techie IT
१९ असोज २०७९, बुधबार

गत्लाङ क्षेत्रका स्थानीयद्वारा सान्जेन जलविद्युत कम्पनीको कार्यालय तोडफोड


काठमाडौँ ।शेयर बाँडफाँटमा असहमति जनाउँदै रसुवामा रहेको साञ्जेन जलविद्युत् कम्पनीको कार्यालयमा आइतबार स्थानीयवासीले तोडफोड गरेका छन् ।

गत्लाङका स्थानीयवासीले चिलिमे गाउँपालिकामा रहेको साञ्जेन जलविद्युत् आयोजनाको कार्यालय पुगी तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

आक्रोसमा आएका स्थानियहरुले कार्यलयमा कार्यारथ कर्मचारीलाई पनि कुटपिट गरेका छन् । करिब ७० ८० जनाको समूहमा आएका स्थानीय रसुवाले पाउने १० प्रतिशत सयरमध्ये अतिप्रभावितका रुपमा आफूहरुलाई अग्राधिकार नदिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्