Techie IT
बुधबार, कात्तिक ५,२०७७

मामाघर बसेकी बच्चालाई चितुवाले लएर कफी घारीमा फाल्यो


काठमाडौं,साउन १९

तनहुँको आँवु खैरेनी गाउँपालिका वडा नम्वर १ समस्तीपुरकी ८ वर्षिय वालिका अमिसा थापालाई चितुवाले आक्मण गरी कफी घारीमा लगेर फालेको छ । आक्रमणबाट वालिका घाइते भएकी छिन् । उनको स्थानिय स्वास्य केन्द्रमा उपचार भइरहेको स्थानिय प्रशासनले जानकारी दिएको छ ।

मामा घरमा पढ्न बस्दै आएकी अमिसा साँझ नौ वजे भान्सामा खाना लिन जाँदा चितुवाले उनलाई आक्रमण गरेको हो । मामा घरमा बसेर कक्षा ४ मा पढिरहेकी उनका बाबा वेपत्ता छन् भने आमा मजदुरी गर्न भारतमा गएकी छिन् । माइजु र हजुर आमासँग बस्दै आएकी उनी पढ्नमा निकै मिहिनेती रहेको स्थानिय बताउँछन् । सो घट्ना भएको घटनास्थलको भिडियो रिर्पोट समेत यहाँ तल दिइएको छ ।




क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्