Techie IT
शनिबार, मंसीर २०,२०७७

नेपालमा थप २ हजार ७२२ जनामा कोरोना संक्रमण, ८२ हजार ४५० पुगे संक्रमित


काठमाडौं ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शुक्रबारथप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । विगत २४ घण्टामा १४ हजार ७३९ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ३०७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ५२० पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्