Techie IT
बुधबार, मंसीर १७,२०७७

नेकपामा फेरि गुटगत बैठक


काठमाडौं ।
गत ६ गते देखि अब गुटगत बैठक नगर्ने निर्णय भएपनि शुक्रबार विहान ललितपुरमा नेकपाका शीर्ष नेताहरुले गुटगत बैठक गरेका छन् । शुक्रबार विहान सांसद कृष्णलाल महर्जनको घरमा अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले बरिष्ठ नेता माधव नेपालसँग त्यस्तो बैठक गरेका हुन ।

त्यो गुटगत बैठकले शनिबार अपरान्ह् ४ बजे केन्द्रीय सचिवालयको बैठक बोलायने निर्णय गरेर अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराइरहेको छ । सो जानकारी गराउन अध्यक्ष प्रचण्ड त्यहाँबाट सोझै वालुवाटार पुगेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्