Techie IT
शनिबार, मंसीर २०,२०७७

बिजुली गाडीको कर घट्यो


काठमाडौं ।
सरकारले विद्युतीय सवारी साधान आयतमा लगाउँदै आएको कर घटाएको छ । गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले बिजुली गाडीमा लाग्ने करको दर घटाएको निर्णय बिहीबार सरकारका प्रवत्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक गरेका छन् ।

सत्तारुढ नेकपाले आफ्नो चुनावी घोषणामा विद्युतीय सवारी साधनमा लाग्ने कर नलिने घोषणा गरेको थियो तर त्यस घोषणा विपरीत गत जेठ १५ गते सार्वजनिक गरिएको वजेट भाषणमा त्यसअघि १० प्रतिशत लाग्ने भन्सार महसूल बढाएर ८० प्रतिशत पु¥याइएको थियो भने अन्तशुल्क पनि सवारी साधनको क्षमता अनुसार बढाएर ३० देखि ८० प्रतिशत सम्म पु¥याइएको थियो । उक्त घोषणापछि सरकारको चर्को आलोचना भएको थियो ।

त्यही आलोचनाका कारण गत सोमबारको मन्त्रीपरिषदको बैठकले अन्तरशुल्कको दरहरुमा छुट दिने निर्णय गरेको हो । यस अघि ५० किलोवाट क्षमताको विद्युतिय सवारीमा ३० प्रतिशत अन्तशुल्क लगाइएको थियो, अब ८० प्रतिशत छुट दिइएको छ भने ५१ देखि १०० किलोवाट क्षमताका सवारी साधनमा ७५ प्रतिशत अन्तशुल्क छुट दिइएको छ ।

यसअघि त्यसमा ४० प्रतिशत अन्तशुल्क लाग्ने गरेको थियो । त्यस्तै यसअघि ५० प्रतिशत अन्तशुल्क लाग्ने गरेको १०१ देखि १५० किलोवाटको विद्युतीय सवारी समाधनमा ७० प्रतिशत छुट दिने निर्णय भएको छ । १०५० किलोवाट भन्दा बढी क्षमताका विद्युतीय सवारी साधनमा २५ प्रतिशत अन्तशुल्क छुट दिने निर्णय भएको छ , जबकि त्यसमा ६० देखि ८० प्रतिशत अन्तशुल्क लाग्ने गरेको थियो । भन्सार महसुल चाहि यस अघिनै ५० प्रतिशत छुट दिने गरिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्