Techie IT
शुक्रबार, मंसीर १२,२०७७

आयल निगमका कार्यकारी निर्देशकलाई कोरोना पुष्टि


काठमाडौं ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य समस्या आएपछि परीक्षण गराउँदा बिहीबार पोजेटिभ रिपोर्ट आएको हो । ‘स्वास्थ्यमा समस्या देखिएपछि स्वाब दिएर तीन दिनदेखि होम आइसोलेसनमा बसेको छु  ।

सामान्य ज्वरोबाहेक अन्य समस्या अहिलेसम्म देखिएको छैन’, उनले भने । निगमले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी कार्यकारी निर्देशक पौडेलसँग एक हप्तामा सम्पर्कमा आएकालाई संयम अपनाउन आग्रह गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्