Techie IT
शनिबार, मंसीर १३,२०७७

म्याद गुज्रेको खाध्य सामग्रि वेच्ने काठमाण्डौको गोदाममा गुणस्तरको छापा

ठुलो परिमाणमा म्याद गुज्रेको खाध्य सामग्रि फेला पर्यो


काठमाण्डौ असोज १५,

पाठकवृन्द तपाईहरु आफ्ना वालवच्चालाई मायाँ गरेर मिठाई तथा चक्लेट लैजाने गर्नु भएको छ ? के तपाँईले किनेका त्यस्ता सामग्रीको उत्पादन र अन्तिम मिति हेर्ने गर्नु भएको छ?  पाठकवृन्द अव तपाँईहरु सावधान! तपाँईले आफ्नो पृयपात्रलाई मायाँले लैजान लागेको खाध्य सामग्री विष वनेर घर भित्रन सक्छ । आज गुणस्तर तथा नापतौल विभाग प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले काठमाण्डौको विभिन्न तीन स्थानमा विशेष सुराकीको आधारमा काठमाण्डौभरी मिति गुज्रिसकेको विभिन्न सामग्रिहरु वेच्ने गोदामहरुमा छापा हानेर शिल गरेपछि उक्त तथ्य वाहिरिएको हो ।

काठमाण्डौ महानगरपालिकाको वडा नम्वर १४ लिगमार्क स्थित एक घरमा रहेको आयाम डिस्ट्रिब्युटर प्रालिको गोदाम र काठमाण्डौ महानगरपालिका वडा नम्वर १३ वाफलस्थित छुट्टा छुट्टै दुई घरमा गोदाम राखेर अमेजन डिष्ट्रिव्युटर्स प्रालि नामको फर्मको नाममा काठमाण्डौ कर कार्यालयमा  दर्ता गरेर उपत्यकाका होलसेल तथा खुद्रा पसलहरुमा अखाध्य सामग्री विक्रिका लागि लैजाने गरेको सूचना पाएपछि उक्त छापा हानिएको थियो ।

छापा हान्नेक्रममा ठुलो परिमाणका स्निकर, डेरिमिल्क, मार्स, वोन्ड्रिलगायतका चकलेट आईटम र वोनभिटा, हर्ललिक्स, ट्याङ्ग र रियो जुस जस्ता खाध्य सामग्रिहरु फेला परेको थियो ।  उक्त मरिमाणको सामानहरु कम्पनिसँग म्याद गुज्रेको समान खरिद गरी पुन मिति सच्याएर(रिलेवलिङ्ग गरेर) वजार पठाउने गरेको स्रोतले जनाएको छ । उक्त तीनवटै गोदाममा टोलीले शिल गरेर गोदामका संचालक रौनक वोथ्रा नामको भारतीय नागरीकलाई नियन्त्रणमा  लिएको छ । छापाकाक्रममा वजारमा लैजान प्रयोग गरिने ढुवानीका साधनहरुसमेत नियन्त्रणमा लिईएको जनाईएको छ ।

टोलीले व्रोथा लगायत आयाम डिस्ट्रिब्युटर प्रालि पुतलीसडक बस्ने पुष्पादेवी अग्रवाल, गोदामका स्टोरकिपर पप्पु  ठाकुर,   लेखापाल  मुन्ना ठाकुर लाई पक्राउ गरेको छ । टोलीले अनुसन्धानका लागि सहयोगीहरु श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी, सिताराम उपरकोटी र दिलिप थापा मगरलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका संचालकलाई उपभोक्त संरक्षण ऐन २०७५ अनुसार कारवाहि गरिने खाध्य तथा गुणस्तर विभागका निर्देशक सागर मिश्रले जनाएको छ ।

उपभोक्त संरक्षण ऐन २०७५ को परिच्छेद-२ उपभोक्ता संरक्षण सम्बन्धी व्यवस्था गर्दै दफा (१) मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने अधिकार हुनेछ उल्लेख छ । ऐनकै उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी उपभोक्ताको हक, हित र सरोकार संरक्षण गर्ने प्रयोजनको लागि प्रत्येक उपभोक्तालाई देहायको अधिकार हुनेछ भन्दै उपदफा १को (ख)   स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु वा सेवाको छनौट गर्न पाउने अधिकार भनेको छ भने (ग)   वस्तु वा सेवाको मूल्य, परिमाण, शुद्धता, गुणस्तर आदि बारे सूचित हुने अधिकार र (ङ)   मानव जीउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानि पुर्‍याउने वस्तु तथा सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार उल्लेख छ । यसै गरी (ज) मा   उपभोक्ताको हक, हितको संरक्षणका सम्बन्धमा अधिकारप्राप्त अधिकारी वा निकायबाट उपचार पाउने वा सुनुवाई हुने अधिकार उल्लेख छ ।

ऐनको  दफा ४ मा वस्तु वा सेवाको नियमनः (१) नेपाल सरकारले उपभोक्ताको अधिकारको संरक्षण गर्न नियमित रूपमा वस्तु वा सेवाको आपूर्ति मूल्य, गुणस्तर, नापतौल, लेबल, विज्ञापन आदिको नियमन गर्ने उल्लेख छ ।

ऐनको परिच्छेद-८ मा कसुर र सजाय सम्बन्धी व्यवस्था गर्दै ऐनको दफा ४० दफा ६ बमोजिम लेबलिङ्ग नगरेमा वा लेबलमा झुठा कुरा उल्लेख गरेमा, बमोजिमको कसुर गरे वा गराएमा तीन महिनादेखि छ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय, र मावन स्वास्थलाई असर गर्ने कसुर गर्ने वा गराउनेलाई दुई बर्षदेखि तीन वर्षसम्म कैद वा तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय उल्लेख छ ।

 


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्