Techie IT
बिहीबार, मंसीर १८,२०७७

आपूर्ति मन्त्रालयले ल्यायो सुपथ मुल्य पसल


काठमाडौं ।

उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १५ गते विहीबारदेखि सुपथ मूल्य पसल संचालनमा ल्याएको छ ।
दशैं,तिहार र छठ जस्ता चाड पवर्गलाई लक्षित गरेर सरकारीस्तरबाट सुपथ मूल्य पसलहरु ल्याएको मन्त्रालयले जनाएको छ ।

गत वर्ष जस्तै खाद्य तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी मिलेर दशैं, तिहार र छडलाई लक्षित गरेर सुपथमूल्य पसलहरु संचालनमा आएकोमा यस वर्ष पनि सरकारले सर्वसाधारण जनताको सुविधालाई मध्यनजर गरेर सुपथ मूल्य पसल संचालनमा ल्याएको मन्त्रालयकी सहायक प्रवत्ता उर्मिला के सीले बताइन् ।

मन्त्रालयका अनुसार अरु पसलमा भन्दा मन्त्रालयले ल्याएको पसलमा प्रत्येक चिजमा ५ देखि १० रुपैयाँसम्म सस्तो पर्ने मन्त्रालयले जनाएको छ । कम्पनीका कार्यालयका डिलरमार्फत दैनिक उपभागका सामानहरु सुपथ मूल्यमा सेवा उपलव्ध गराउने कम्पनीलेजनाएको छ । सेवा दिदा विभिन्न डिलरमार्फत, घुम्ति पसल र अनलाइन बाट पनि सेवा दिने बताएको छ ।

कालीमाटी,कोटश्वर, टेकु, सिंहदरवार,थापाथली,सतुङगल,ललितपुर, नख्खु, प्रायगपोखरी, जावलाखेल,भक्तपुर र अनय ठाउँमा घुम्ती सेवा पनि दिने बताएको छ । मन्त्रालयको प्रेस विज्ञप्ती र सुपथ मूल्य पसलमा पाइने सामानको मूल्य –

Image may contain: text


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्