Techie IT
आईतबार, मंसीर २१,२०७७

आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको धनमाल जेलर नष्ट


काठमाडौं ।

रौतहटको दुर्गा भगवती गाउँपालिका-५ बडहर्वा टोल बस्ने राधा सहनीको घरमा करेन्ट सर्ट भई बुधबार राति आगलागी हुँदा सुखारी मिश्रको घरमा समेत आगो फलिएर घर, अन्नपात, लत्ताकपडा, काठपात समेत पूर्णरुपमा जलेर सुखारीको ४ लाख रुपैयाँ र राधाको २ लाख रुपैयाँ गरी जम्मा ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आगलागीमा परेर घाइते भएका राधाकै १९ वर्षीय छोरा लक्ष्मण सहनीको जिल्ला सरकारी अस्पताल गौरमा उपचार भइरहेको छ ।स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्