Techie IT
शुक्रबार, मंसीर १२,२०७७

विभिन्न ठाउँमा मृत अवस्थामा फेला


काठमाडौं ।

काठमाडौंको तारकेश्वर नगरपालिका-६ धर्मस्थली महाँकाल डेरा गरी बस्ने मोरङ पथरी नगरपालिका-१ घर भएका ३७ वर्षीय कुल बहादुर खत्री आफ्नै कोठाभित्र बुधबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-३३ भरतपोखरी वरपौवा बस्ने ६० वर्षीय बल बहादुर नेपाली आफ्नै घरभित्र खाटमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

जाजरकोटको छेडागाड नगरपालिका-९ पजारुस्थित कालापहाडको जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्