Techie IT
सोमबार, वैशाख ६,२०७८

महिलालाई कुटपिट गरी घाइते बनाउने कीर्तिपुरबाट विरेन्द्र पक्राउ


काठमाडौं ।

३३ बर्षीया महिलालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने कैलाली घर भएका ३२ वर्षीय वीरेन्द्र मल्ललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई मल्लले ४ महिना अगाडिदेखि विबाह गर्छु भनि राखेकोमा गर्भवती भएको थाहा पाएपश्चात ललितपुर नगरपालिका-४ मा कुटपिट गर्दा बच्चा खेर गएको तथा महिला घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले मल्ललाई पक्राउ गरेको हो ।

घाइते महिलाको सुमेरु सिटी अस्पताल पुल्चोकमा उपचार भइरहेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्