Techie IT
शुक्रबार, मंसीर १२,२०७७

बिपी प्रतिष्ठानमा  एक सङ्क्रमितको मृत्यु


धरान ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६का ५६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइहेको थियो । ज्वरो, खोकी र श्वासप्रश्वाशमा कठिन भएपछि बुधबार प्रतिष्ठानको कोभिड अस्पतालमा उनलाई भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

कुनै दीर्घ रोग नभएका उनलाई निमोनियासमेत भएको थियो । बुधबार राति प्रतिष्ठानमा ल्याइएको १५ मिनेटपछि उनको मृत्यु भएको थियो । उनको आज कोरोनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता सापकोटाले राससलाई बताए । यससँगै बिपी प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्