Techie IT
मंगलबार, मंसीर १६,२०७७

घुस लिएर नागरिकता सिफारिस गर्ने कर्मचारी अख्तियारको फन्दामा


काठमाडौं ।

नागरिकताका लागि सिफारिस गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिने जनकपुरधाम उप महानगरपालिकाका एक जना कार्यालय सहयोगीलाई अख्तियारले पक्राउ गरेको छ।

उपमहानगरपालिका वडा नम्बर १३ कार्यालयका सहयोगी दिलिप पञ्जियार घुसको रकमसहित बिहीबार पक्राउ परेको स्थानिय प्रहरीले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले वडा कार्यालय नजिकबाटै पञ्जियारलाई २४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

उनले नागरिकताको सिफारिस गराइदिने भन्दै एक जना सेवाग्राहीसँग घुसवापत उक्त रकम लिएको अख्तियारले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्