Techie IT
शनिबार, मंसीर २०,२०७७

वालिङबाट लागूऔषध अन्य मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं ।

लागूऔषध अन्य मुद्दाका फरार प्रतिवादी भिरकोट नगरपालिका-९ घर भएका २० वर्षीय सुजन गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध अन्य मुद्दामा २ हजार रुपैयाँ जरिवाना र ४ महिना २१ दिन कैद ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत स्याङजामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय स्याङजा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्