Techie IT
बिहीबार, मंसीर १८,२०७७

सरकारको मुख्य सचिवमा शंकरदास वैरागी 

खतिवडा र रेग्मीलाई अमेरिका र बेलायतको राजदूत सिफारिस


काठमाडौं ।

सरकारले नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । यस्तै गरेर अर्थमन्त्रीबाट केही समय अघि राजिनामा दिएपश्चात प्रधानमन्त्रीका विशेस आर्थिक सल्लाहकार नियुक्त भएका डा युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफरिस गरेको छ ।

यस्तै आफ्नो कार्यकालको १५ दिन अगावै राजीनामा दिएका मुखय सचिव लोकदर्शन रेग्मीलाई सरकारले बेलायतको राजदूतमा नियुक्त गरेको छ । उक्त कुराको जानकारी मन्त्रालयकोस्रोतबाट आएको हो । मुख्य सचिव रेग्मीको आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेको थियो ।

२०७७ असोज १५ गते बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषदका एक सदस्यले सुलसुलेलाई जानकारी दिएका छन् ।मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार रहेकोमा मुख्यसचिवको दौडमा वैरागीले वाजी मारेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्