गोंगबुमा सुटकेसभित्र टाउको विनाको शव भेटियो

गोंगबुको गणेशस्थान नजिकै सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ। आइतबार बिहान टोखा नगरपालिका-१० गोङ्गबुमा सुटकेसभित्र टाउको नभएको अवस्थामा शव फेला परेको हो।
‘सुटकेसभित्र शव प्याक गरिएको अवस्थामा भेटिएको हो। टाउको भने अलि पर भेटिएको छ , शव पहिचान भइसकेको छैन।
परिसरका प्रमुख एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली घटनास्थल पुगेको छ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्