Techie IT
शनिबार, मंसीर २०,२०७७

दशैं, तिहार सुपथ मूल्य पसल संचालन


काठमाडौं ।

सरकारले असोज १५ गते विहीबारबाट दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल  संचालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल आजबाट संचालनमा ल्याएको हो ।

केही रुपैयाँ छुटसहित दैनिक उपभोग्य वस्तु किन्न पाइने सुपथ मूल्यका पसलहरु आउँदो मंसिर ६ गतेसम्म सञ्चालन हुनेछन् । काठमाडौं उपत्यकाभित्र सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगल, ललितपुर, भक्तपुरलगायतका १६ स्थानमा सुपथ मूल्य पसल छन् । उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरहरुका ६५ स्थानमा सुपथ पसल सञ्चालन गर्ने तयारी सरकारले गरेको छ ।

सहुलियत पसलमा चामलमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, बासमती चामल, गेडागुडी र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट पाइने छ ।मासुजन्य च्यांग्र्रा र खसी–बोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट पाउने जनाएको छ साथै डीडीसी घिउमा प्रति लिटर ३० रुपियाँ छुट पाउने छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्