Techie IT
शुक्रबार, मंसीर १२,२०७७

सुनसरीबाट नियन्त्रित लागूऔषध सहित पक्राउ


काठमाडौं ।

सुनसरीको ईनरुवा नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध २१ पिस नाइट्राभेट, १ बोतल कोरेक्स र नगद १ हजार ८ सय २० रुपैयाँ सहित रामधुनी नगरपालिका-७ बस्ने २७ वर्षीय योगेन निरौलालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नारायणगढबाट विराटनगरतर्फ जाँदै गरेको ना.७ ख ९७९६ नम्बरको बसमा सवार उनलाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्