Techie IT
मंगलबार, मंसीर १६,२०७७

नेपालमा बेरोजगारको भयावह अवस्था : १ सय २९ जनाको लागि ३२ हजारको आवेदन


काठमाडौं ।

जनकपुर कुर्थादेखि भारतको जयनगरसम्म चल्ने रेलको विभिन्न १२९ जना कर्मचारी दरखास्त आव्हान गरिएकोमा अनलाइन फर्ममार्फत ३२ हजार जनाले आवेदन दिएका छन्।
उक्त कुराको जानकारी नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिएका छन्।

कम्पनीले गत भदौ २९ गते करारमा कर्मचारी भर्नाको लागि १५ दिने विज्ञापन आह्वान गर्दा असोज १२ गतेसम्ममा ३२ हजार अनलाईन फर्मआवेदन परेको कम्जनीले जनाएको छ ।जसमा अधिकृत तृतिय स्तर देखि श्रेणी विहिनसम्मको लागि विज्ञापन आह्वान गरेको थियो।

कम्पनीका महानिर्देशक भट्टराईले कर्मचारी नियुक्तिमा कुनै प्रकारको सोर्स अथवा पैसाको लेनदेन नहुनेजानकारी दिएका छन् छन्।

सरकारले स्वीकृत गरेको बिधि अनुरुप शैक्षिक योग्यताका आधारमा कम्पनीको आवश्यक संख्या भन्दा ३ गुणा भन्दा बढीको आवेदकको नाम मेरिटका आधारमा प्रकाशित गरिने र तिनीहरुको अन्तरवार्ता लिएपछि उत्कृष्ट १ सय २९ जनाको अन्तिम नामावली प्रकाशित गरिने जानकारी महानिर्देशक भट्टराईले दिए।

कम्पनीले शाखा अधिकृत, कानून अधिकृत, स्टेसन मास्टर, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्पयुटर अपरेटर, क्यासियर, टिकट बिक्रेता सहायक, टिकट कलेक्टर, ट्रयाक निरीक्षक, फोरम्यान, अमिन, रेल गार्ड लगायत २९ वटा पदको लागि विज्ञापन आह्वान गरेकोमा यती धेरै आवेदन परेकोबाट कर्मचारी निय्क्तीमा कतै अनियमितता हुने त होइन भनेर राखेको जिज्ञाशामा कम्पनीका महाप्रबन्धक भट्टराईले सरकारले तोकेको मापदण्ड अनुसार कर्मचारी नियुक्ती हुने र यसमा कहीं कसैको भनसुन नलाग्ने जानकारी पनि गराए ।

कम्पनीले यस विज्ञापनबाट एक करोड भन्दा बढी राजस्व समेत संकलन गरेको छ । कम्पनीले अधिकृत स्तरको विज्ञापनको लागि १ हजार, सहायक स्तरको लागि ४ सय र श्रेणीविहिन स्तरको लागि ३ सय दस्तुर तोकेको थियो। औषतमा ४ सयको दरले पनि राजस्व संकलन भएको भए कम्पनीले १ करोड २८ लाख राजस्व संकलन गरेको छ।

भारतको जयनगरबाट असोज २ गते नेपालको इनर्वामा आएर दुइटा रेल पालले ढाकेर राखेको अवस्था छ ।
सरकारको रेल्वे सम्बन्धि कानुन र कर्मचारीको अभावले रेल त्यसै थन्क्याएर राख्नु परेको रेल विभागले जनाएको छ । बल्ल त आवेदनको काम सम्पन्न गरेको छ ।

अव कर्मचारीको आन्तरिक रवाहय परिक्षाकाआधारमा लिइने परिक्षाबाट १२९ जना कर्मचारी छनौट गर्न कम्पनीलाई कम्ति सकस नहोला। यस्तै अर्को सरकारी रेल्वे कानुनले पनि रेल चलाउने बाटो चाँडो खुलाउनु पर्ने देखिन्छ । १२९ जनको सिटमा ३२ हजारको आवेदन पर्नुले पनि देशमा बेरोजगारीको विषम महामारी देखिन्छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्