Techie IT
शुक्रबार, मंसीर १२,२०७७

मृत अवस्थामा फेला


काठमाडौं ।

सर्लाहको, बागमती नगरपालिका-११ चाईनिज पुल नाजिकै बागमती खोलाको बिचमा सर्लाही बागमती गाउँपालिका-११ बस्ने ७० वर्षीय जय बहादुर कार्की मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको ललितपुर महानगरपालिका-१३ बल्खु बस्ने दाङ घर भएका २३ वर्षीय कुसल वली मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँको घिरिङ गाउँपालिका-३ गुहेचौरस्थित सोमराज श्रेष्ठको घरमा काम गर्ने हाल नाम, थर, वतन, नखुलेका करिब ५२ वर्षीय पुरुष आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्