नेपालमा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण, ७७ हजार ८१७ पुगे संक्रमित !
काठमाडौं ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बुधबार थप १ हजार ५५९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै कोरोनाबाट संक्रमण हुने संक्रमितको सङख्या ७७ हजार ८१७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ५७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ ।
विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ४९८ पुगेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्