Techie IT
२३ साउन २०७९, सोमबार

अन्तरघातको छानबिनका लागि एमालेद्वारा विष्णु पौडेलको संयोजकत्वमा समिति गठन


काठमाडौँ । नेकपा एमालेले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भएको अन्तरघातको छानबिनका लागि एमालेले विष्णु पौडेलको संयोजकत्वमाएक समिति गठन गरेको छ।

आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अन्तरघात छानबिनका लागि उपाध्यक्ष विष्णु पौडेल संयोजक रहेको तीन सदस्यीय छानबिन समिति बनाएको हो।

बैठकपछि बोल्दै प्रचार विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरुङले निर्वाचनका क्रममा देखिएको अनुशासनहीन अवस्थाको छानबिनका लागि समिति बनाएको संचारमाध्यमहरुलाई जानकारी दिएका थिए। बनेको समितिले छानबिनका साथै कारबाहीको पनि अधिकार रहेको गुरुङले बताएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्