काठमाडौंको मनमैजुबाट दिउसैमा सुनका गहना चोरी
काठमाडौं ।
काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजु डेरा गरी बस्ने रौतहट चन्द्रनिगाहपुर नगरपालिका(१२ घर भएकी २५ वर्षीया सञ्जु थापाको कोठाबाट सुनका बिभिन्न गरगहना समेत गरी करिब २ लाख ३२ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्