Techie IT
बिहीबार, मंसीर १८,२०७७

सेयर बजार परिसुचक १५ सय ५० अंकमा

तीन दसमलव १९ अंकले बजार घट्दा एक अर्ब ९५ करोडको सेयर खरिद बिक्री


काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन सात दसमलव २१ अंकले ओरालो लागेको बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार तीन दसमलव १९ अंकले ओरालो लागेर १५ सय ५० दसमलव ४३ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ६४ अंकले ओरालो लागेर तीन सय सात दसमलव १७ अंकमा झरेको छ । आज कुल एक सय ९० कम्पनीहरुको कारोवार भएकाछन ।

ति कम्पनीहरुको ३६ हजार दुुई सय ८२ पटकको कारोवारमा ८० लाख १९ हजार छ सय ६१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९४ रुपैयाँको कारोवार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसअनुुसार चार वटा समुहको सुचक उकालो लागेकाछन भने आठ वटा समुहको सुचक ओरालो लागेकाछन । ति मध्ये बाँणिज्य बैंक, निर्जिवन बीमा, लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन । बिकास बैंक, जलबिद्युुत, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक भने बढेकाछन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्