Techie IT
१४ असोज २०७९, शुक्रबार

आगामी तीन दिन पानि पर्ने – मौसम पूर्वानुमान महाशाखा

तीनदिन नदि वढ्न सक्छ सतर्क रहनु


आगामी तीन दिन पानि पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग,  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज मौसम पूर्वानुमान वुलेटिन सार्वजनिक गर्दै उक्त कुरा जनाएको छ । हाल वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेकोले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको उल्लेख गरेको छ ।

महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिउको छ आज असोज १४ गते दिउँसो प्रदेश नं १,  बागमती प्रदेश,  गण्डकी प्रदेश,  प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र  कर्णाली प्रदेशका थोरै स्थानहरूमा राति हल्का वर्षाको सम्भावना रहेको छ । यसै गरी असोज १५ गते (बिहिबार) दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको र १५ गते राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ  स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ । असोज १६ गते (शुक्रबार) दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने र प्रदेश नं १,  प्रदेश नं २, बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश,  प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुइ स्थानमा राति हल्का वर्षाको सम्भावना रहेको छ ।

उक्त क्षेत्रको नदी तटिय क्षेत्रका वासिन्दाहरुलाई नदी तीन दिन वढ्न सक्ने जनाउदै सतर्क रहन उल्लेख गरिएको छ । यध्यपी आज विहानको मापन अनुसार देशको सबै नदिहरुको मापन स्थिर र सतर्कताको तहभन्दातल नै रहेको महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्