Techie IT
४ माघ २०७८, मंगलबार

निजी प्रयोगशाला सञ्चालकलाई कारबाही गर्न गृहलाई पत्राचार


काठमाडौँ ।
सरकाले तोकेको भन्दा बढी शुल्क लिएर कोरोनाको पीसीआर परीक्षण गर्ने निजी प्रयोगशालालाई सरकारले कारबाही गर्ने भएको छ । ती निजी प्रयोगशाला सञ्चालकलाई कारबाही गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार गृह मन्त्रालयमा पत्राचार गरेको छ ।सरकारले पिसिआर परीक्षणका लागि दुई हजार निर्धारण गरेपनि बढी केही निजी प्रयोगशाला तथा अस्पतालले वढी शुल्क लिदै आएका बताइएको छ । उनीहरुले पिसिआर शुल्क वापत तीन हजार ८९९ लिदैँ आएका छन् ।

गृहले बुधबारदेखि नै कारबाही सुरु गर्ने जनाइएको छ । सोमबार ती प्रयोगशालाले विज्ञप्ति जारी गर्दै नयाँ सन्तुलित र न्यायोचित शुल्क निर्धारण नहुँदासम्म तीन हजार ८९९ मा नै परीक्षण गर्ने बताएका थिए । हालसम्म १० लाख ९ हजार २९८ जनाको पिसिआर परीक्षण गरिएको जनाइएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई गृह मन्त्रालयलाई कारवाही गर्न पत्राचार गरिएको जानकारी दिए । मन्त्रालयले शुरुको चरणमा पिसिआर परीक्षण गर्न पाँच हजार पाँच सय रुपैया शुल्क तोकेको थियो । रिएजेन्ट अन्तर्राष्ट्रिय बजारमा सस्तो भएपछि मन्त्रालयले परीक्षण शुल्क दुई हजार कायम गरेको थियो ।

स्टार, ह्याम्स , वि एण्ड वि ,नेपाल मेडिसिटी अस्पतालका प्रयोगशाला, डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायगनोस्टिक ल्यावरोटरी एण्ड रिसर्च सेन्टर र इन्ट्राप्रिड डायगनोस्टिक सेन्टरले सरकारले तोकेभन्दा बढी शुल्क लिने गरेका छन् । ती प्रयोगशालाले तीन हजार ८९९ रुपैँया वैज्ञानिक शुल्क भएकोले सरकारले तोकेको दुई हजार रुपैँया परीक्षण गर्न नसक्ने बताएका छन । केही नीजि प्रयोगशालाले सरकारले तोकेको भन्दा कम एक हजार पाँच सयमा पनि परीक्षण गरिरहेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्