Techie IT
शुक्रबार, कात्तिक १४,२०७७

छुट्टाछुट्टै स्थानमा ४ जना मृत अवस्थामा फेला


काठमाडौं,साउन २४

काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित शहिद शुक्र गल्लीमा हाल एकिन नाम, वतन नखुलेका करिब ५३ बर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-७ हिलपार्क गुरुङ डाँडास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० बर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

कन्चनपुर, भिमदत्त नगरपालिका-१२ ऐरीघाटस्थित महाकाली नदीको बीच भागमा अन्दाजी २६ बर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

मुस्ताङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ रानीपौवा बस्ने ८२ वर्षीया भुटी गुरुङ आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्