Techie IT
१७ असार २०७९, शुक्रबार

जनप्रतिनिधिलाई सम्बोधन गर्दै : ‘प्रचण्ड’


काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिलाई ललितपुरमा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा चाहिनेभन्दा बढी आशा नगर्न आग्रह गरेका छन् । उनले सकेसम्म आफ्नै संगठनको बलमा चुनाव जित्नेगरी लाग्न सुझाव दिए ।

यसअघि गठबन्धनमा हामीले चाहिनेभन्दा बढी आश गर्यौं । त्यति धेरै आश पनि नगरौं । ‘आगामी प्रदेश र संघको चुनावसम्म गठबन्धन जान्छ । भए पनि नभए पनि एक्लै भिड्ने तयारी गर्यौ भने मात्रै गठबन्धन हुन्छ’ प्रचण्डले भने, ‘चुनाव जितिहालिन्छ भनेर ढुक्क परेर पनि नबसौं । गठबन्धन भएपनि नभएपनि सम्पूर्ण हामी अघि बढ्यौ भने मात्रै चुनाव जित्न सकिन्छ । आगामी साउन १५ गतेसम्म उम्मेदवार टुंगो लगाई सक्नेगरी कोसिस भइरहेको उनले बताए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार