Techie IT
शुक्रबार, असोज ९,२०७७

पोखरी तथा कुलोमा डुबेर ३ र करेण्छ लागेर १ जनाको मृत्यु


काठमाडौं,साउन २४

काठमाडौंको टोखा नगरपालिका-९ बानियाँटार बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ घर भएका ३५ बर्षीय सोवित नेपालीको करेन्ट लागेर हिजो मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित संजय उप्रेतीको घरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल सामाखुशीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरीको तिलाठीकोईलाडी गाउँपालिका-८ तोपास्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने राधे कुमार मण्डलको छोरा ५ वर्षीय शिवकुमार मण्डलको शुक्रबार मृत्यु भएको छ । नुहाउने क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका-११ स्थित श्रीकृष्ण सामुदायिक बनमा गाईबस्तुका लागि बनाएको पोखरीमा डुबेर सोही ठाउँ बस्ने दल बहादुर बोगटीकी ९ वर्षीया छोरी श्रृजना बोगटीको शुक्रबार मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर असक्त भएकी उनको उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दाङको लमही नगरपालिका-१ नर्टी बस्ने नारायण चौधरीको छोरा ११ वर्षीय बिवेक चौधरीको घर नजिकै रहेको कुलोमा डुबेर शुक्रबार मृत्यु भएको छ ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्