Techie IT
१७ असार २०७९, शुक्रबार

काठमाडौंमा कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० जरिवाना


काठमाडौं  । काठमाडौं  महानगरपालिकाले कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन महानगरवासीलाई आग्रह गरेको छ ।महानगरपालिकाले एक सूचना जारी गर्दै साउन १ गतेदेखि स्रोतमा नै फोहोरको वर्गीकरण (कुहिने र नकुहिने फोहोर छुट्याउने) गर्न महानगरवासीलाई अनुरोध गरेको हो ।

महानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार यो सूचना जारी गरेको हो ।

उक्त व्यवस्था अनुसार कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादन कर्ताको नै भएको भन्दै महानगरपालिकाले पृथकीकरण गरी जैविक (कुहिने) फोहोर सङ्कलन गर्न आउने दिन जैविक (कुहिने) फोहोर मात्रै सङ्कलन गर्ने र अजैविक (नकुहिने) फोहोर सङ्कलन गर्न आउने दिन अजैविक (नकुहिने) फोहोर मात्रै सङ्कलन गर्ने जानकारी गराएको छ ।

स्रोतमा नै फोहोरको पृथकीकरण नगरे फोहोर सङ्कलन नगर्ने जनाएको महानगरले नियमअनुसार नियमअनुसार नगरे प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना जरिवाना हुने जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार