(नेमकिपा)का अध्यक्ष विजुक्छेँलाई पत्नीशोक

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ। पत्नी शोभा प्रधानको उपचारका क्रममा आज अपराह्नमा निधन भएको हो।
लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो। त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत थिइन्। उनको नेपाल क्यान्सर हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्