Techie IT
१७ असार २०७९, शुक्रबार

अकुत सम्पत्ति आर्जन गरेका नायव सुब्बा झा विरुद्द मुद्दा दायर


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव सुब्वा गणपति झाले विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको पाईएको छ । झा ले उपर बिगो रु. २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैया ५१ पैशा गैरकानूनी तरिकाले सम्पत्ति आर्जन गरेपछि अख्तियारले उनी बिरुद्ध मुद्दा दायर गराएको छ ।

२०३९मंसिर ९ गते मा गा.वि.स.सचिव (रा.प.अनं.द्वितीय) पदबाट सार्वजनिक सेवामा प्रवेश गरी विभिन्न पद तथा कार्यालयमा कार्यरत रही २०७८ साल श्रावण महिनाबाट अवकाश पाएका झाल २०३९ साल साउन देखि २०७७ बैशाख ८ सम्मको समयमा झा ले बिभिन्न क्रियाकलाप गरेको भेटिएको छ ।

झा को त्यो अबधिमा समग्र आय÷व्यय हेर्दा आय÷आर्जनतर्फ पारिश्रमिक बचत, जग्गा बिक्री, विभिन्न बैंक तथा कर्मचारी संचयकोषको ऋण, कृषि आय, सवारी साधनको आय, वीमा म्याचुरीटि र न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स नामको फर्मबाट प्राप्त आय समेत गरी जम्मा २ करोड ४२ लाख ६७ हजार १ सय ४ रुपैँया ५६ पैशा आम्दानी गरेको र उक्त रकम व्ययतर्फ जग्गा खरिदमा. विभिन्न बैंकबाट लिएको ऋणको साँवाब्याज, विभिन्न प्रकारका सवारी साधन (जेसिवी, स्कार्पियो, बोलेरो, ट्याक्टर) समेत खरिद, घर निर्माण, अध्ययन खर्च, करुणाकर इन्टरप्राइजेज, न्यू श्री ब्रदर्स एण्ड बिल्डर्स र नीति कन्सट्रक्सनसमेतका व्यवसायिक फर्म तथा कम्पनीको दर्ता तथा सञ्चालनमा र कृषि उपकरण खरिद गरेको पाइएको छ ।
४ करोड ८७ लाख ३८ हजार २ सय १० रुपैया खर्च तथा लगानी गरेको पाइएको छ ।

झाको समग्र आम्दानी २ करोड ४२ लाख,६७ हजार ,१ सय ४ चार रुपँयाबाट समग्र खर्च ४ करोड ८७ लाख ३८ हजार २ सय १० रुपैया घटाउँदा हुन आउने २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैँया बराबरको खर्च तथा लगानी (सम्पति) को वैधानिक स्रोत खुल्न नआएपछि झाले भ्रष्टाचार गरेको खुलेको हो ।

सम्पत्तिमध्ये आंशिक रुपमा श्रोत खुलेको ६३ लाख ७३ हजार ५ सय ५५ मूल्य बराबरको सम्पत्ति एवं बाँकी अपुग विगो गणपति झाको नाममा रहको नेपाल इन्भेष्टमेण्ट वैङ्क लिमिटेडको मौज्दातबाट ५ लाख ८४ हजार २ सय २६ रुपँैया गरी २ करोड ४४ लाख ७१ हजार १ सय पाँच रुँपैया जफत गर्न अख्तियारले माग गरेकोे छ ।

झाले गैरकानूनी रुपमा आर्जन गरेको आफ्नी पत्नी मीनादेवी झा र छोराहरु दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झा को नाममा राखेको पाइएको छ । अख्तियारले उनी सँगै उनकी पत्नी र छोराहरुलाई प्रतिवादी बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार