मोलमोलाइको अडियो सार्वजनिक भएपछि बारको ध्यानाकर्षण

काठमाडौँ ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रराज पोखरेलबीच इच्छाराज तामाङलाई धरौटीमा छाड्ने विषयमा भएको मोलमोलाइको अडियो सार्वजनिक भएपछि नेपाल बार एशोसियशनले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
न्यायपालिकाको साख श्रीवृद्धिमा भूमिका निर्वाह गर्नुपर्ने न्यायाधीश तथा कानुन व्यवसायीबाट अमर्यादित कार्य भएको भन्दै बारले निन्दा गरेको छ। महासचिव अन्जिता खनालले बुधबार विज्ञप्ति जारी गर्दै उक्त अडिओ समाचारमाथि नेपाल बारको ध्यानाकर्षण भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन्।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्