Techie IT
९ असार २०७८, बुधबार

नयाँ नक्सासहितको पाठ्यपुस्तक वितरण नगरेकोमा नेविसंघको विरोध


काठमाडौं ।

नेपालको नयाँ नक्सा समेटेर तयार पारेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको पाठ्य सामग्री वितरण नगरेकोमा नेपाल विद्यार्थी संघले विरोध गरेको छ ।

लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर तयार पारेको शैक्षिक पाठ्यसामग्री शिक्षा मन्त्रालयले सार्वजनिक गरे पनि पछि प्रधानमन्त्रीको निर्देशनमा रोकिएको अवस्था छ ।

नेपाल विद्यार्थी संगको सीटीईभीटी इकाइले मंगलबार काठमाडौंको माइतीघरमा भेला भई त्यसविरुद्ध प्रदर्शन गर्दै नेपालको नयाँ नक्सासहितको पाठ्यपुस्तक वितरण गर्न सरकारसँग माग गरेको छ् ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्