Techie IT
बुधबार, कात्तिक १२,२०७७

नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण २२ हजार ५९२ पुगे संक्रमित !


काठमाडों,साउन २४
देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शनिवार थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

विगत २४ घण्टामा जनामा सात हजार सात सय ८८ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

जसमा काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनासमेत रहेका छन् । यससँगै कुल संक्रमितको संङख्या २२ हजार ५९२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ । यस्तै कोरोनाबाट पर्सा वीरगन्ज महानगरपालिका ३ छपकैया बस्ने ७४ वर्षीय पुरुषको साउन २३ गते गण्डक अस्थायी कोभिड अस्पताल वीरगन्जमा निधन भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, मोरङ विराटनगर-९ बस्‍ने ५८ वर्षीय पुरुषको साउन २३ गते कोसी अस्पतालमा शुक्रबार मृत्यु भएको थियो । उनी उच्च रक्तचापका रोगी थिए ।
कोरोना संक्रमित काठमाडौं टोखा नगरपालिका-६ की ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।  कोरोनाबाट नेपालमा अहिलेसम्म ७३ जनाको मृत्यु भइसकेको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्