Techie IT
बिहीबार, कात्तिक ६,२०७७

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु


काठमाडौं,साउन २४

रुपन्देही, चितवन र सप्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
रुपन्देही, रोहिणी गाउँपालिका-४ छिपागडस्थित सडकमा लु।२ च ६७५६ नम्बरको कार सडकबाट १० मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा कारमा सवार सिद्धार्थनगर नगरपालिका-४ बस्ने २७ बर्षीय देवेन्द्र चौधरी समेत ३ जनाको मृत्यु भएको छ ।
दुर्घटना परी गम्भीर घाइते भएका उनीहरुको भिम अस्पताल भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार ओमसतिया गाउँपालिका-४ बस्ने ३४ बर्षीय अनिल यादवलाई भिम अस्पताल हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको छ ।

चितवन, कालिका नगरपालिका-२ भट्ट चोकमा ना।३० प ५४९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८० वर्षीय बुद्धिमान दराईको शुक्रबार साँझ मृत्यु भएको छ ।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएको उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका-१ स्थित सडकमा स।१० प ८४९८ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ३५ बर्षीय देवनाथ यादवको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-७ बस्ने २६ बर्षीय अमृत चौधरीलाई उपचारको लागि युनिक अस्पताल रुपनी पठाइएको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्