Techie IT
१४ असोज २०७९, शुक्रबार

नेपाली सेनाले ग-यो शीघ्र प्रभाव आयोजना हस्तान्तरण


काठमाडौं ।

नेपाली सेनाले शिघ्र प्रभाव परियोजना (Quick Impact Project)अन्तर्गत रहेर सम्पन्न गरेका योजनाहरु हस्तान्तरण गरेको छ ।

सेनाले आफुलाई प्राप्त बजेटभित्र रहेर स्थानीय बासिन्दाहरुसंगको समन्वयमा आवश्यकतालाई पहिचान गरि यस्ता परियोजनाहरु कार्यान्वयन गर्दै आएको छ ।न्यून आकारको बजेटबाट अल्पकालीन समयमा नै कार्य सम्पन्न गर्ने हेतुले बनाइएका यस्ता आयोजनाहरुबाट दुरदराजमा रहेका स्थानीयहरु लाभान्वित हुने अपेक्षा राखिएको हुन्छ ।

नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आ।व।०७६र७७ मा स्वीकृत भएको सामाजिक आर्थिक पूर्वाधार विकासका कार्यक्रम, शीघ्र प्रभाव आयोजना अन्तर्गत नेपाली सेनाका विभिन्न युनिटहरुबाट निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको हो ।

श्री कर्णाली मा.वि. तथा श्री बहिरा मा।वि।,जुम्लामा विद्यालय भवन, खेलमैदान तथा शौचालय निर्माण:

No description available.

 

जुम्ला जिल्लामा तैनाथ नन्दाबक्स गणले चन्दननाथ न.पा.२ स्थित श्री कर्णाली मा.वि. तथा बहिरा मा.वि.मा बिद्यालय भवन, बास्केटवल कोर्ट तथा शौचालय निर्माण गरेको छ ।

२०७७ असोज ११ गते उत्तर पश्चिम पृतनापति उपरथि विज्ञानदेव पाण्डेले उक्त आयोजनाको उदघाटन गर्नुभई विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका थिए । यस आयोजनाको लागि नेपाली सेनाबाट २५ लाख रुपैया उपलब्ध गराएको थियो । साथै आयोजनाबाट ८०० जना प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

हाटबजारमा नवनिर्मित व्यवस्थित ट्रसघर तथा शैचालय:

मोरङको धनपालथान गाउँपालिका वडा नं.३ स्थित दानावती चोकमा रहेको हाटबजारमा नवनिर्मित व्यवस्थित ट्रसघर तथा शैचालय पूर्वी पृतनापति उपरथी श्री अनन्त कार्कीले असोज १० गते धनपालथान गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा नं.१ प्रदेशका मुख्य मन्त्री माननिय श्री शेरधन राईले नेपाली सेनाले गर्दे आएको सामाजिक कार्यको प्रसंशा गरेका थिए। जनप्रतिनिधि, रथीवृन्द तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा धनपाल गाउँपालिकाका अध्यक्षले चुनौतिपूर्ण विषम परिस्थितिमा समेत नेपाली सेनाले निरन्तर निर्माणमा खटिएर छोटो समयमै हाटबजार तयार गरेकामा खुशी व्यक्त गरेका थिए ।

यस आयोजनाको लागि भौतिक पूर्वाधार मन्त्रालय र नेपाली सेनाबाट ५०/५० लाख तथा धनपालथान गाउँपालिकाबाट १४ लाख उपलब्ध गराइएको थियो । साथै आयोजनाबाट ४,००० जना प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

रसुवाको गोसाईकुण्ड पदमार्ग अन्तर्गत रेलिङ्ग, प्रतिक्षालय र सेड घर निर्माण:

रसुवा जिल्लामा तैनाथ कालीजंग गणले गोसाईकुण्ड गा.पा.वडा नं.५, स्थित बुद्ध मन्दिरदेखि गोसाईकुण्डसम्म जाने २.५८ कि.मि. पदमार्गमा रेलिङ्ग निर्माण गरेको छ ।

गणले चोलाङ्गपाटीमा ४०x२० फिटको प्रतिक्षालय र बुद्ध मन्दिरमा १२x१२ फिटको सेड घर निर्माण कार्य समेत सम्पन्न गरेको छ । उक्त आयोजनाको श्री नं. ६ का बाहिनी अड्डाका बाहिनीपति सहायकरथी सुनिल श्रेष्ठले असोज ११ गते उदघाटन गरेका थिए ।

सोही अवसरमा नवनिर्मित भौतिक संरचनाहरु श्री कालीजंग गणका गणपति प्रमुख सेनानी श्री सविन्द्र नगरकोटीले श्री लामटाङ्ग राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत श्री सुष्मा रानाको रोहवरमा श्री गोसाईकुण्ड गाउँपालिकालाई हस्तान्तरण गरेका थिए ।यस आयोजनाको लागि नेपाली सेनाबाट ३५,०६,६६२ रुपैया उपलब्ध गराइएको थियो । साथै आयोजनाबाट १७,००० जना प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

गोरखाको नेपाल राष्ट्रिय भू.पु. सैनिक आवासीय विद्यालयमा भवन र रिटेनिङ्ग वाल निर्माण:

No description available.

गोरखा जिल्लामा तैनाथ श्री रणसिंहदल गणले गोरखा नगरपालिका वडा नं.८ स्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक आवासिय विद्यालयमा ४ कोठे भवन र विद्यालयको रिटेनिङ्ग वाल लगाउने कार्य सम्पन्न गरेको छ ।

२०७७ असोज ११ गते नं.३ बाहिनीपति स.र. सागर बहादुर थापाले उक्त आयोजना भु.पु. सैनिक संघ गोरखालाई हस्तान्तरण गरेका थिए ।यस आयोजनाको लागि नेपाली सेनाबाट २५ लाख रुपैया उपलब्ध गराइएको सेनिक जनसम्पर्क कार्यालयले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्