Techie IT
१४ असोज २०७९, शुक्रबार

सरकारले अनअराइभल भिसा खुलायो

नेपाल आएपछि ७ दिन क्वारेन्टिनमा भने बस्नु पर्ने


काठमाडौं ।

सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण गर्न आउने पर्यटकका लागि अनअराइभल भिसा खुला गरेको छ ।उक्त कुराको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको हो ।कोरोना भाइरसका कारण स्थगित रहेको अनअराइभल भिसा पाएपछि अव भने देशभित्रको पर्यटनक्षेत्रले सुधार पाउने आशा पलाएको देखिन्छ ।

तर पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड भने पालना गर्नु पर्ने मन्त्रालयले जनाएको छ । पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु भन्दा पहिले नै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ ।

तर सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिएर नेपाल आउन सक्ने पनि मन्त्रालयले जनाएको छ ।

नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान राखिएको छ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ ।अनअराइभल भिसा प्राप्त हुने बिन्दुमै नेपाल आउन प्राप्त गरेको भिसा वा पूर्वस्वीकृतिको कागजात समेत हेरिने भएको छ ।

कम्तीमा सात दिन क्वारेन्टिनमा बस्ने गरी नेपालमा होटल बुकिङ, ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजात ,नेपालमा आउने सबै पर्यटक सात दिन क्वारेन्टिनमा अनिवार्य बस्नु पर्ने सर्त पनि मन्त्रालयले राखेको छ ।

,क्वारेन्टिनमा बसेको पाँचौ दिनमा पर्यटककै खर्चमा पीसीआर परीक्षण गर्नु पर्ने र त्यसको कागजातसमेत सोही समयमा देखाउनुपर्ने ,नेपालमा पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्ने, सर्त सरकारले राखेको छ ।पर्यटकले यसअघि विभागबाट जारी भएका निर्देशनहरु समेत पालना गर्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्