Techie IT
शनिबार, असोज १०,२०७७

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं,साउन २४

झापाको गौरीगंज गाउँपालिका-३ बस्ने ३३ बर्षीय अरुण राजबंशीले ३६ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा निज राजवंशीलाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ ।राजबंशीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै गरेर जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी लिखु गाउँपालिका-५ बस्ने ५० बर्षीय रिकबहादुर थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।२०७६ माघ २४ गते सोही गाउँपालिका- ४ यसम भन्ने ठाउँमा ४५ बर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरी फरार रहेका थापालाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्