Techie IT
१ असोज २०७८, शुक्रबार

तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १८ जना पक्राउ


काठमाडौं,साउन २४

चितवनको कालिका नगरपालिका-५ ब्रम्हस्थान बस्ने ३३ वर्षीय राजकुमार चौधरीको घरमा तास खेलिरहेको अवस्थामा चौधरी समेत १३ जनालाई नगद १ लाख ८८ हजार ८ सय ६२ रुपैयाँ र ४ बुक तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-२६ सक्नेरी बस्ने २७ वर्षीया मेलिना श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ सहित ५ जनालाई नगद १२ हजार ५ सय ९० रुपैयाँ र १ सय ६० पत्ती तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्