Techie IT
१९ असार २०७९, आईतबार

डा. केसीको समर्थनमा विभिन्न स्वास्थ्य संस्थाका आवासीय चिकित्सकहरुको विरोध कार्यक्रम


काठमाडौं ।

स्वास्थ्य शिक्षा क्षेत्रमा भएका विकृति विसंगतीका विरुद्ध आवाज उठाउदै यस क्षेत्रको सुधारको माग गर्दै १९ औं पटक अनसनमा बसेका डा. गोविन्द केसी को समर्थन जनाउदै विभिन्न स्वास्थ्य संस्थाहरुका आवासीय चिकित्सकहरुले कालो पट्टी बाँधेर राज्यपक्षको विरोध जनाएका छन् ।

असोज १२ गते एक संयुक्त विज्ञप्ती प्रकाशीत गर्दै डा के सीको समर्थनमा ऐक्यवद्धता जनाउदै विरोध जनाएका हुन् ।शिक्षण अस्पतालका आवासीय चिकित्सकले कालो पट्टी बाँधेर सरकारको विरोध गर्दै आएकोमा त्यसको समर्थन गर्दै  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स ) र वि पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरुले पनि डा. केसीको समर्थनमा विरोध कार्यक्रम अगाडी सारेका हुन् ।

देशका दुर्गम ठाउँका,पिछडिएका वर्ग,तह र तप्काका जनताहरुले पनि एम.वि.वि.एस. पढ्न सुलभ र सहज तरिकाबाट पाउनु पर्छ । स्वास्थ्य उपचार सबैमा सर्वसुलभ हुनु पर्छ, स्वास्थ्य शिक्षामा भएका विकृति विसंगती हटाउनु पर्छ लगायतका माग राख्दै अनसन गरिरहेका डा. केसीको माग सुनुवाइ नभएपछि यस पटक पनि पुन अनसनमा बसेका छन् तर सरकारले उनको मागको सुनुवाइ गरेको देखिदैन । अब चाँडो भन्दा चाँडो राज्यपक्षकै अग्रसरतामा वार्ता गरेर डा. केसीका जायज मागको संबोधन गरेर उनको जिवन रक्षा गर्नु पर्ने देखिन्छ ।

 

No description available.


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्