Techie IT
शनिबार, मंसीर २०,२०७७

भिरबाट लडेर एकको मृत्यु


काठमाडौं,साउन २४

नुवाकोटको तारकेश्वर गाउँपालिका–५ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही स्थानका ४३ वर्षका रामबहादुर तामाङको कल्लेरी डाँडास्थित भिरबाट लडेर शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले राससलाई जानकारी दिएका छन् ।

उनका अनुसार बहिनीको घरमा जाँदै गरेका उनको भिरबाट लडेपछि उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । शव परीक्षणका लागि आज बिहान त्रिशूली अस्पतालमा ल्याइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्