Techie IT
११ असोज २०७९, मंगलबार

काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना संक्रमण


काठमाडौं ।
काठमाडौं उपत्यकामा सोमबार थप ८१७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६४९, ललितपुरका १३२ जना र भक्तपुरमा ३६ जना गरी काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् । यो सँगै काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ हजार ३२४ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्