Techie IT
५ असार २०७८, शनिबार

नेपालमा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण, ७४ हजार ७४५ पुगे संक्रमित !


काठमाडौं ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा सोमबार थप १ हजार ३५१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । विगत २४ घण्टामा १० हजार ८० जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा थप ७४२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ४८१ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्