प्रदेश नीति तथा योजना आयोगद्वारा वार्षिक प्रतिवेदन हस्तान्तरण

जनकपुरधाम ।
प्रदेश नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
आयोगले गत आर्थिक वर्षमा गरेको कामहरुको विवरण समेट्दै ४२ पृष्ठको प्रतिवेदन तयार पारेको छ । आयोगले आफ्नो प्रतिवेदनमा गत आर्थिक वर्षको उपलब्धिहरुमा प्रदेश सरकारको नीति तथा कार्यक्रम, विषयगत मन्त्रालयको बजेट सीमा निर्धारण र मार्गदर्शन, मध्यकालीन खर्च संरचना, प्रदेशको प्रथम आवधिक योजना, दीगो विकासको लक्ष्यहरुको मार्गचित्र, प्रदेशको जानसांख्यिक स्थिति विवरण, प्रदेशको प्रोफाइल निर्माण, प्रदेश अनुगमन, तथा मूल्यांकन दिग्दर्शन, प्रदेश योजना तथा कार्यक्रम दिग्दर्शन निर्माण आदिलाई राखेका छन् ।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, आयोगका उपसचिव ठूलोबाबु दहालसमेतको उपस्थिति थियो । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्