Techie IT
१० असार २०७८, बिहीबार

मन्त्रीपरिषद पुनर्गठनवारे ओली प्रचण्ड वार्ता


काठमाडौं ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मन्त्रीपरिषद पुनर्गठन सम्बन्धमा अहिले बालुवाटारमा वार्ता भइरहेको छ।

आइतबार नै मन्त्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि ओली दाहालबीच कसलाई हटाउने र कसलाई राख्ने विषयमा सहमति नजुट्दा मन्त्रीपरिषदको पुनर्गठन पछाडी सर्दै आइरहेको छ ।

मन्त्रीपरिषद पुनर्गठनका सम्बन्धमा प्रधामन्त्रीले तीन विबल्प अगाडी सारेका थिए । जसमा एक सबै मन्त्री हटाएर नयाँ राख्ने , दुई वहुसंख्यक परिवर्तन गर्ने र तीन केही मन्त्रीमात्रै परिवर्तन गर्ने ।
यसै विषयमा दुई अध्यक्षबिच कुरा नमिल्दा आइतबार मन्त्रीपरिषदवारे टुंगो लाग्न नसकेको जनाइएको छ ।

अध्यक्ष प्रचण्ड सबै मन्त्रीहरुलाई एकै पटक हटाएर केहीलाई फेरि नियुक्त गर्ने पक्षमा छन् भने ओली केही मन्त्रीलाई मात्रै फेर्ने अडानमा छन् । अब अहिलेको दुइृ नेताको वार्ताले के सहमतिको टुङगोमा ल्याउने हो तयसको परिणम थाहा पाउन अब केही समय पर्खनु पर्ने नै हुन्छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्